ABOUT US

परिचय

विरामीहरुलाई अत्याधुनिक प्रविधी मार्फत आफ्नै शहरमा स्वास्थ्य सेवा प्रदान गर्न सकियोस भनेर तपाईको आफ्नै शहर दमकमा निम्स नेशनल अस्पताल स्थापना गरिएको छ । समाजका समाजसेवी एवम् प्रतिभाशाली दक्ष चिकित्सकको समुहले संचालनमा ल्याएको यस अस्पताल सहज र शुलभ गुणस्तरीय सेवा मार्फत पूर्वाञ्चलवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ संचालनमा ल्याईएको छ । यस अस्पतालमा विशेषज्ञ सेवा लगायत विभिन्न स्वास्थ्य उपचारका गुणस्तरीय सेवाहरु उपलब्ध छन् । अहिले शुरुवाती दिनहरु भएकाले हामी दिनानुदिन अत्याधुनिक सेवा विस्तारका क्रममा रहेका छौ । हामी हालका सेवा मार्फत अधिकाश विरामीलाई सफल उपचारका साथै संतुष्ट बनाएर पठाउन सफल भएका छौ । यसै अस्पतालबाट धेरै बिरामी निको भएर गएका छन् । पूर्वाञ्चलमा नै सहज र शुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा हामी यस अस्पताललाई स्थापित गर्ने हाम्रो चाहना छ र हामी यसै प्रति लगनशील भएर कार्य गरिरहेका छौ । यो अस्पताल अत्याधुनिक प्रविधिले सुविधा सम्पन्न अस्पतालकोरुपमा स्थापित हुने क्रममा छ रहको छ । यो एक निजी अस्पताल भएता पनि स्वास्थ्य सेवाको विषयलाई प्राथमिकताका साथ अगाडी बढिरहेको ।

हाम्रा विशेषताहरु :

  • गुणस्तरीय स्वास्थ्य सेवाहरु
  • शुलभ सेवाहरु
  • सेवा–शुल्कमा पारदर्षिता
  • बैज्ञानिक पद्धति सहितको तार्किक उपचार
  • सफा वातावरण
  • राम्रो स्वागत एवम् सत्कार
  • निकट भविष्यमा लिफ्टको व्यवस्था
  • सामुहिक चिकित्सकीय उपचार


हाम्रा सेवाहरु :

   क) हाम्रा विशेषज्ञ सेवाहरु :

  • सबै प्रकाराका सर्जरी सम्बन्धी सेवा
  • एनेशथेसिया तथा दुखाई निर्मुल सेवा
  • हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवा
  • फिजिसियनको मुटु–पेट–छाती रोग सम्बन्धी सेवा
  • बालरोग सम्बन्धी सेवा
  • रेडियोलोजी (भिडियो एक्स–रे) सम्बन्धी सेवाहरु
  • स्त्री रोग, गर्भधारण तथा प्रसुती सम्बन्धी सेवा
  • मानसिक रोग सम्बन्धी सेवा
  • सौन्दर्य एवम् चर्म तथा यौन रोग विशेषज्ञ
  • नाक कान घाटी सम्बन्धी सेवाहरु

   ख) हाम्रा अन्य सेवाहरु (२४सै घण्टा उपलब्ध रहने) :

  • एमबीबीएस चिकित्सकमार्फत इमर्जेन्सी सेवा
  • मोनिटर सहितको अवजर्भेशन बेड
  • अपरेशन थिएटर (ओ.टी)
  • विरामी भर्नाका लागि सुविधा सम्पन्न वार्ड
  • इ.सी.जी.
  • एक्स–रे
  • भिडियो एक्स–रे
  • मुटुको भिडियो एक्स–रे
  • प्रयोगशाला (ल्याब) 
  • औषधी पसल (फार्मेसी)

No comments:

Post a Comment