परिचय
विरामीहरुलाई अत्याधुनिक प्रविधी मार्फत आफ्नै शहरमा स्वास्थ्य सेवा प्रदान गर्न सकियोस भनेर तपाईको आफ्नै शहर दमकमा निम्स नेशनल अस्पताल स्थापना गरिएको छ । समाजका समाजसेवी एवम् प्रतिभाशाली दक्ष चिकित्सकको समुहले संचालनमा ल्याएको यस अस्पताल सहज र शुलभ गुणस्तरीय सेवा मार्फत पूर्वाञ्चलवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ संचालनमा ल्याईएको छ । यस अस्पतालमा विशेषज्ञ सेवा लगायत विभिन्न स्वास्थ्य उपचारका गुणस्तरीय सेवाहरु उपलब्ध छन् । अहिले शुरुवाती दिनहरु भएकाले हामी दिनानुदिन अत्याधुनिक सेवा विस्तारका क्रममा रहेका छौ । हामी हालका सेवा मार्फत अधिकाश विरामीलाई सफल उपचारका साथै संतुष्ट बनाएर पठाउन सफल भएका छौ । यसै अस्पतालबाट धेरै बिरामी निको भएर गएका छन् । पूर्वाञ्चलमा नै सहज र शुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा हामी यस अस्पताललाई स्थापित गर्ने हाम्रो चाहना छ र हामी यसै प्रति लगनशील भएर कार्य गरिरहेका छौ । यो अस्पताल अत्याधुनिक प्रविधिले सुविधा सम्पन्न अस्पतालकोरुपमा स्थापित हुने क्रममा छ रहको छ । यो एक निजी अस्पताल भएता पनि स्वास्थ्य सेवाको विषयलाई प्राथमिकताका साथ अगाडी बढिरहेको ।
No comments:
Post a Comment